२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आईपीएल : मुम्बईमाथि चेन्नईको सानदार जित



काठमाडौं । ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोमाञ्चक जित निकालेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पहिलो खेलमै चार विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो । चेन्नईलाई जितका लागि अन्तिम ६ बलमा चार रन चाहिएको थियो। तर, रचिनले मिचेल सान्टनेरको बलमा छक्का प्रहार गर्दै पाँच बल अगाडि नै जित दिलाए ।

चेन्नईका रचिनले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए । ४५ बल खेलेका उनले दुई चौका र चार छक्का प्रहार गरे । ऋतुराजले २६ बलमा ६ चौका र तीन छक्कासहित ५३ रनको आक्रामक इनिङ्स खेले । रवीन्द्र जडेजा १७ रनमा आउट भए ।

महेन्द्रसिंह धोनीले आठौं नम्बरमा आएका थिए। तर, दुई बल खेले पनि रन बनाउन सकेनन् । उनी अविजित रहे । हुँदा अन्य ब्याटर चल्न सकेनन् ।

मुम्बईका बिग्रेस पुथुरले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। दीपक चाहर र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो ।

यस अघि टस जितेर चेन्नईले पहिले फिल्डिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो । खालिद अहमदले सुरुवाती २ विकेट लिएका थिए ।

ओपनर रोहित शर्मा डक आउट भएका थिए । यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरेका थिए । विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम‌ दुबेद्वारा क्याच आउट हुन पुगेका थिए ।

३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो। ठुलो साझेदारी बन्न सकेन् । नुर यादवको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन । उनले यसपछि चार खेलाडीलाई आउट गरे‌का थिए ।

कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भएका थिए । यसपछि १३ औं ओभरमा नुरले नै थप २ विकेट लिए । रविन मिन्ज ३ रनमा पबिलियन फर्किएका थिए ।

३१ रन बनाएका तिलक वर्मा नुरकै बलमा एलबिडब्लु धरापमा परेका थिए । उनले २५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। उनी नै मुम्बईको लागि सर्वाधिक रन बटुल्ने खेलाडी बने। ९६ रन जोड्दा मुम्बईले ६ विकेट गुमाएको थियो ।

सातौं विकेटको रूपमा नमन धीर १७ रन जोडेर नुरको बलमा बोल्ड आउट हुन पुगेका थिए । नवौं क्रमका ब्याटर दीपक चाहरले १५ बल खेल्दै २ चौका २ २ छक्का प्रहार गर्दै अविजित २८ रन बनाएका थिए ।

बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिएका थिए । मुम्बईलाई रनमा रोक्न उनको कसिलो बलिङ तारिफयोग्य रहयो। यस्तै खालिद मोहम्मदले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ०५ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज