११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : आशुतोष शर्मा उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित



काठमाडौं । दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।दिल्लीको जितमा आशुतोष शर्मा नायक बने । जितको लागि २ सय १० रनको लक्ष्य पछाएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो ।

ओपनर जेकी फ्रेजर १ रनमा, अभिशेक पोरेल ० रनमा र समिर रिज्भी ४ रनमा आउट भए ।

लगतै कप्तान अक्सर पटेल पनि २२ रनमा आउट भए । पहिलो पावर प्ले‌मा ५८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । यो सँगै दबाबमा आएको दील्ली कुनै पनि समय सम्हालिन सकेन् । फाफ डु प्लेसिस २९ रनमा र ट्रिस्टन स्टुब्स ३४ रनमा आउट भएसँगै दील्ली हार नजिक पुगेको थियो ।

आशुतोष शर्मा र भीपराज निगमले सातौं विकेटको लागि ५५ रनको साझेदारी गरे । यो नै दील्लीले बनाएको सबैभन्दा ठुलो साझेदारी बन्यो ।

भीपराज १५ बलमा ३९ रन जोडेर आउट भए। यो सँगै दील्ली हार नजिक पुगेको थियो । तर आशुतोषले उत्कृष्ट ब्याटिङ गर्दै दील्लीलाई जित दिलाए ।

१९ औं‌ ओभर टर्निङ पवाइन्ट बन्यो। तेस्रो बलमा प्रिन्स यादवले कुलदीप यादवलाई आउट गरे । चौथो बलमा २ रन प्रहार गर्दै आशुतोषले अर्धशतक बनाए । यही ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे । यसपछि अन्तिम ६ बलमा ६ रन जरूरी थियो । जहाँ पहिलो बलमा मोहित शर्माले १ रन जोडेर आशुतोषलाई स्ट्राइक दिए ।

दोस्रो बलमा बलर सहबाज अहमदलाई निरिह बनाउँदै आशुतोषले छक्का प्रहार ग रे। यो सँगै दील्लीले ३ बल बाकी छँदा १ विकेटले खेल जित्यो । ३१ बलमा आशुतोषले ५ चौका र ५ छक्का सहित अविजित ६६ रन बनाए ।

बलिङमा सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९ रन बनायो । ओपनर एडेन मारक्रम १५ रनमा आउट भए । मिचेल मार्स र निकोलास पुरनले विष्फोटक ब्याटिङ गरे । पहिलो पावर प्लेमा लखनउले एक विकेटको नोक्सानीमा ६४ रन जोड्यो। मात्र ४९ बलमा लखनउले १०० रन बनाउँदै सुरूवात राम्रो गर्यो ।

मिचेलले ५ चौका र ६ छक्का सहित २१ रनमा अर्धशतक बनाए। निकोलासले भने २४ बलमा अर्धशतकको सफलता प्राप्त गरे । दोस्रो विकेटको लागि ८७ रनको साझेदारी गर्दै मिचेल ३६ बलमा ७२ रन जोड्दै मुकेश कुमारको बलमा आउट भए । लगतै रिसव पन्तले रनको खाता खोल्न सकेनन् ।

त्यसपछि ३० बलको सामना गर्दै ६ चौका र ७ छक्का सहित ७५ रन जोडेर आउट भए । उनको यो सानदार प्रदर्शनपछि डेबिट मिल्लरले अविजित २७ रन बनाए ।

बलिङमा मिवेल स्टार्सले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ३ विकेट लिए । यो जितमा दील्लीले विजयी सुरुवातका साथ २ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : १४ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई