९ श्रावण २०८३, शनिबार | July 26, 2026

नेकपा एमाले बुटवल वडा नम्बर ४ र ५ मा जनजागरण अभियान



बुटवल । पछिल्लो समय देशका मुख्य राजनैतिक दलका कार्यकर्ताहरुमा छाएको नैराश्यता हटाउन र अरु पार्टीका गतिविधीहरुमा संलग्न हुनबाट रोक्न पार्टीले विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका छन् । खासगरि विभिन्न नामका स्वतन्त्र समुह र राजाबादीहरुका गतिविधीहरु बढ्न थालेपछि मुख्य राजनैतिक दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी, समाजवादी लगाएतका पार्टीहरुले पनि गतिविधी बढाउन थालेका हुन् ।

यसैक्रममा संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसमर्थन जुटाउने उद्देश्यसहित नेकपा एमालेले केन्द्रदेखि स्थानीय स्तरसम्म गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान नामक कार्यक्रम संचालन गरेको छ । बुटवल उपमहानगरका विभिन्न वडामा पनि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु टोल-टोलमा पुगेर गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान संचालन गरिरहेका छन् ।

नेकपा एमाले बुटवल वडा नम्बर ४ र ५ मा संयुक्त रुपमा जनजागरण अभियानमा सहभागी हुँदै नेताहरुले विभिन्न कारण राजाबादीहरु सलबलाएको भन्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए । सो अवसरमा पार्टीका नगर समितिका अध्यक्ष शोभाखर पोख्रेल, प्रदेश कमिटि सदस्यहरु जमिल मिया, टंक पराजुली, जिफन्टका हरि बहादुर कार्की, जिल्ला उपसचिव बाबुराम पन्थी, पार्टी नेता खेम लुइटेल, नेदिराम ज्ञवाली, जिल्ला कमिटि सचिवालय सदस्य दुर्गा कार्की लगाएतले बोल्दै नेतृत्वको कमि कमजोरी हटाउदै गणतन्त्रको रक्षाका लागि सबै वाम एक ठाँउमा उभिने र जनचेतना फैलाउने काम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेकपा एमालेले गरेको सर्कुलर अनुशार सोमबार रुपन्देहीको १ सय ५५ वटा वडामा एकैसाथ यो अभियान संचालन गरिएको बुटवल वडा ४ इन्चार्ज तथा जिल्ला कमिटि सचिवालय सदस्य नारायण घिमिरेको भनाई छ । बाम एकतालाई बलियो गर्ने उदेश्यले यहि चैत्र १८ गते बृहत मोटरसाइकल ¥याली गर्ने जस्मा १ हजार १० मोटरसाइकल सहभागी बनाउने र सुनौलीसम्म पुग्ने घिमिरेले बताए । चैत्र २९ गते जिल्ला जनसभा गर्ने लक्ष्य रहेको घिमिरेको भनाई छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ३७ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको