३ चैत्र २०८२, मंगलबार | March 18, 2026

‘जिल्ला प्रशासन कार्यालय बाँकेसँग वेइमानहरु डर मान्नु पर्ने’



नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रशासन कार्यालयलाई बेइमानहरुलाई डर लाग्ने गरि व्यवस्थापन गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेको १५ दिनपछि बाँकेका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सिडिओ कार्यालयलाई बेइमानहरुलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गरिने बताएका हुन् ।

उनले आफु बाँकेमा बसुन्जेल इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै जिल्ला प्रशासन कार्यालयप्रति इमान्दारलाई भर लाउने र वेइमानहरुलाई डर लाग्ने बनाउने बताए ।

जिल्ला अन्तर्गत मातहतका सरकारी कार्यालयहरुलाई पनि इमान्दारिताका साथ कार्य सम्पादन गर्न र नागरिकको सेवामा लाग्न निर्देशन दिँदै उनले आफ्नो जिम्मेवारी प्रशासनिक र अर्धन्यायिक निरुपण रहेको बताए । उनले आफुले हरेक काम कारवाही नीति, विधि र कानुनसम्मत गर्ने पनि प्रष्ट पारे ।

जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता नाएका उनले उनले विकास निर्माणमा हुने अवरोधलाई पनि फुकाउँदै लैजाने विश्वास दिलाए ।

उनी आए लगत्तै करीब १० वर्षदेखि रोकिएको नौवस्तास्थित औद्योगिक क्षेत्रको सिमांकनको काम आजबाट मात्रै सुरु भएको छ । ‘प्रतिफल आउने गरी काम गर्ने हो । त्यसको प्रयास नौवस्तास्थित औद्योगिक क्षेत्रबाट सुरु भइसकेको छ ।’ उनले भने ।

उनले सञ्चार क्षेत्रसँगको सम्वन्धलाई प्रगाढ बनाउने प्रतिवद्धता पनि जनाए ।उनले संचारकर्मीको भूमिका र हाम्रो उद्देश्य समाज सुधार गर्नु नै भएको उल्लेख गर्दैै उनले भने– ‘हामी एउटै डुंगामा छौं । गल्ती गर्ने छुट कसैलाई पनि छैन । हाम्ले गल्ती गर्दा संचारकर्मीले खवरदारी गर्ने हो।’

मोवाइल देखाउँदैमा, माइक तेर्साउँदैमा पत्रकार हुँ भन्दैमा कानुनमाथि जाने छुट नभएको चर्चा गर्दै उनले इथिक्समा पत्रकारिता गर्नेहरु डराउनु नपर्ने जनाए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शान्ति सुरक्षा कायम गर्ने, आम नागरिकलाई सुरक्षा दिने दायित्व स्थानीय प्रशासनको भएको बताउँदै दायित्वबाट चिप्लिन थाले पत्रकारहरुले खबरदारी गर्ने स्पष्ट पारे । अध्यक्ष गिरीले पत्रकार आचारसंहितामा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्दै सीमा नाघ्ने छुट कसैलाई नभएको बताए । ‘पत्रकारहरुका लागि पनि आफ्नै सिमारेखा छन् । त्यो सीमा नाघ्ने छुट कसैलाई पनि छैन,ु अध्यक्ष गिरीले भने–‘समाचार लेखेकै कारण कोही डराउनु पर्ने अवस्था छैन । समाचार लेखेकै कारण पत्रकारमाथि हुने अन्यायविरुद्ध महासंघ सतिसाल भएर उभिन्छ । न्याय दिलाएरै छाड्छ ।’

परिचयात्मक कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज कुमार गौतम, नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी लगायतले मिडियामैत्री भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका थिए ।

त्यसक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख पुष्कर पन्त लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी ओम खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : १५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड