२५ श्रावण २०८३, सोमबार | August 11, 2026

व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ ९आत्मकथा० को आज लोकार्पण गर्दै उनले सो कुरा बताएकी हुन ।

प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गरे । “सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो” उनले भने, “अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ ।”

प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्र्तव्य एउटै हुनुपर्नेमा जोड दिए । “देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्छ”, उनले भने । उनले लोकार्पण भएको आत्मकथाबाट गिरिजाप्रसाद कोइराला र सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे ।

समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गर्दै उनलाई सर्वप्रथम २०२५ सालमा नख्खु जेलमा भेट भएको बताए । उनले भने, “गिरिजा बाबु नथाक्ने, जुझारु र लडाकु स्वभावको हुनुहुन्थ्यो, उहाँसँग धेरै लामो समयसम्म काम गर्ने मौका पाएँ, म सभामपति हुनुमा पनि उहाँको केही न केही योगदान छ ।” सभापति देउवाले तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनकाविरुद्ध आफू र गिरिजाप्रसाद कोइराला सँगसँगै लडेको उल्लेख गरे ।

कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पु¥याएको योदानको चर्चा गरे । उनले भने, “हामीले विगतबाट पटक्कै पाठ सिकेका छैनौँ, अहिले कांग्रेस र एमालेको सरकार छ, हामीले कम्तीका देशको सुशासनको निम्ति काम गर्नुपर्छ ।”

कांग्रेसका सहमहामन्त्री तथा सांसद भीष्मराज आङदम्बेले कांग्रेस पार्टीभित्र देखिएका गुठ-उपगुठ अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाले मुलुक र जनताका निम्ति गरेका त्याग, बलिदान र सङ्घर्षका विषयमा स्मरण गराउँदै त्यसबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गरे ।

नेत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानबाट ‘म र मेरो सानो बुवा’ ९आत्मकथा० को जन्म भएको बताइन । उनले आत्मकथामा आफ्नो पारिवारिक र मुलुकको राजनीतिका धेरै विषय समेटिएको जानकारी दिईन ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ४९ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय