६ बैशाख २०८३, आइतबार | April 20, 2026

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी



खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको चौथो दिनमा भएको खेलमा बैजनाथको परिवर्तनशिल युवा क्लब विजयी बनेको छ । न्यू डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजित गज बहादुर सिजाली स्मृती १० औं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताुमा मंगलबार सम्पन्न खेलमा परिवर्तनशिल युवा क्लबले जीत निकालेको हो ।

परिवर्तनशील युवा क्लब बैजनाथले भद्रकाली युवा क्लब जानकी ४ बाँकेलाई पेनाल्टी सुटआउट मार्फत हराएको हो। खेलको निर्धारित समयसम्म दुवै टिमको तर्फबाट बराबरी दुई दुई गोल भएपछि पेनाल्टी सुटआउटमा गएको थियो। प्रतियोगितामा पहिलो गोल परिवर्तनशील युवा क्लबका तर्फबाट खेलको दशौं मिनेटमा जर्सी नम्बर १७ का विशाल विकले गरेका थिए। त्यस्तै परिवर्तनशील क्लबकै अर्का जर्सी नम्बर ४ का खेलाडी राज सुनारले २३औं मिनेटमा दोस्रो गोल गर्न सफल बनेका थिए।

खेलको पहिलो हाफमै दुई गोल गरिसकेको परिवर्तनशील युवा क्लबलाई भद्रकाली युवा क्लब का खेलाडीले २९ औँ मिनेटमा एक गोल फर्काए । भद्रकालीका जर्सी नम्बर ९ का ईश्वर श्रेष्ठले २९ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने उनैले खेलको दोस्रो हाफको ३९ औँ मिनेटमा थप एक गोल गर्दै टिमलाई बराबरीमा ल्याए। खेलको निर्धारित समयसम्म दुवै टिमले दुईदुई गोल बाहेक थप गोल गर्न नसक्दा खेल ट्राईबेकारमा गएको थियो।

मङ्गलबार रोमाञ्चक बनेको उक्त खेलमा परिवर्तनशील का दुई खेलाडी कारबाहीमा परेका थिए। परिवर्तनशीलका जर्सी नम्बर १६ का बलवीर विकले ३०औ मिनेटमा पहेंलो कार्ड प्राप्त गरे। यस्तै ४७ औ मिनेटमा जर्सी नम्बर ३ का खेलाडीलाई रेफ्री केवि गुरुङ्गले पहेंलो र रातो कार्ड दिए । रातो कार्ड पाएका जर्सी नम्बर ३ का खेलाडीले खेलको ४७ औँ मिनेटपछि खेल खेल्नबाट वञ्चित हुन पुगे । खेलाडीहरूलाई रातो कार्ड दिएपछि केहीबेर खेल रोकिएको थियो ।

खेलको निर्धारित समयमा दुबईको बराबर स्कोर भएपछि पेनाल्टी सुट आउट मार्फत परिवर्तनशील युवा क्लबले चार गोल गरेको थियो। भने भद्रकाली युवा क्लब जानकीले दुई गोल मात्र गर्‍यो ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र पाउने क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका वरिष्ठ उपाध्यक्ष नारायण खनालले जानकारी दिए । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीका लागि खजुरा स्थित अनन्त ज्वेलर्सको तर्फबाट पुरस्कार स्वरूप उक्त रकम प्रदान गरिने खेल संयोजक तिलकबिर सुनारले जानकारी दिए ।

मंगलबार भएको खेलमा म्यान अफ दि म्याच परिवर्तनशील युवा क्लबका जर्सी नम्बर १७ का खेलाडी विशाल विक घोषित भए । उनले ११०० सय नगद सहित ट्रफि, मेडल हात पारे । यस्तै बुधबार न्यू दर्पण युवा स्पोर्ट्स क्लब, खजुरा ४ ई गाउँ र एफ सी ब्रोदर्स खजुरा ४ डि गाउँ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ९ : ०५ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय