११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

‘अञ्जिला हरेक खेलाडीको कथा हो’



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन । मङ्गलवार ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताए ।

उनले भने, “चलचित्रमा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ, कप्तान सुब्बाको जस्तो सङ्घर्ष गरेर धेरै खेलाडीले गर्नुभएको छ । यहाँ हामीले आफ्नो बच्चा पनि लिएर आएका छौँ, किनकी चलचित्रले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ । यो हरेक खेलाडी हेर्नु पर्ने चलचित्र बनेको छ ।”

उनले खेलाडीको विषयमा चलचित्र बन्नु प्रसंशनीय रहेको बताउदै निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिए । कप्तान सुब्बाका धर्मपिता समेत रहेका निर्माता श्रेष्ठले यसचलचित्रको सफलताले आगामी दिनमा खेलाडीको विषयमा चलचित्र बनाउन अन्यलाई पनि प्रोत्साहित गरेको बताए ।

“नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रले व्यावसायिक सफलता आर्जन गर्न नसकेका कारण अन्य निर्माताले लगानी गर्न सक्नुभएको थिएन, यद्यपि अञ्जिलाको सफलताले उहाँहरूलाई हौसला दिएको छ । मैले कप्तान सुब्बालाई लिएर देखेको सपना पनि छिटै पूरा हुने भएको छ”, निर्माता श्रेष्ठले भने ।

चलचित्रका निर्देशक चाम्सले धेरै खेलाडीको कथा चलचित्रमा आउन योग्य रहेको बताए । “अब आउँदो समयमा खेलाडी वा खेलको विषयमा चलचित्र बन्ने छ, मैले केही चलचित्रको छलफल भएको सुनेको छु । यो एउटा खेलप्रेमीका लागि पनि सुखद खबर हो”, निर्देशक चाम्सले भने ।

आयोजित विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटवल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवानलगायतको उपस्थिती थियो । नेपालमा यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : १८ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र