९ चैत्र २०८२, सोमबार | March 23, 2026

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ



नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई प्रहरीले चोरी गरेको सवारी साधन सहित पक्राउ गरेको छ । फरक मितिमा हराएका २ मोटरसाइकल र एकथान रिक्सा चोरी गर्नेहरुलाई प्रहरीले सवारी सधान सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर ४ का २१ वर्षिय पवन पाण्डे, नेपालगन्ज १६ का २० वर्षिय अमिर ढापाली र जानकी १ का २१ वर्षिय ओमप्रकाश जरवट रहेका छन् ।

पक्राउ परेका पाण्डेले गत माघ १७ गते नेपालगन्ज ४ वसापर्क नजिकबाट प्र ०२-००१८-६९०० नम्बरको च्बुलेट मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल हराएको सूचना पाए लगत्तै परिचालित प्रहरीले माघ १८ गते कोहलपुर नगरपालिका ३ किरणनाला नजिक बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको तथा चोरीमा संलग्न मानिस खोजतलास गर्ने क्रममा मिति चैत्र ११ गते सुर्खेतबाट पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि चैत्र १२ गते नेपालगन्ज १२ गणेशमान चोकबाट भे १२ प ३०६१ नम्बरको साइन मोटरसाइकल चोरी भएकोमा नेपालगन्ज १६ मन्नपुरवाबाट सोही स्थान बस्ने ढापालीलाई मोटरसाइकल सहित पक्राउ गरिइको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक ढापालीले बताए ।

प्रहरीका अनुसार नेपालगन्ज १७ नवजीगाउँबाट ने १ ह ३०७० नम्बरको ई(रिक्सा हराएको सूचना पाएको प्रहरीले सोही वडाको ढोडेगाउँबाट रिक्सा सहित जानकी १ का जरवटलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई चोरी कसुरमा अनुसन्धान भइरहेको डीएसपी पातालीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ११ : ०७ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत