४ पुस २०८२, शुक्रबार | December 20, 2025

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ



नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई प्रहरीले चोरी गरेको सवारी साधन सहित पक्राउ गरेको छ । फरक मितिमा हराएका २ मोटरसाइकल र एकथान रिक्सा चोरी गर्नेहरुलाई प्रहरीले सवारी सधान सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर ४ का २१ वर्षिय पवन पाण्डे, नेपालगन्ज १६ का २० वर्षिय अमिर ढापाली र जानकी १ का २१ वर्षिय ओमप्रकाश जरवट रहेका छन् ।

पक्राउ परेका पाण्डेले गत माघ १७ गते नेपालगन्ज ४ वसापर्क नजिकबाट प्र ०२-००१८-६९०० नम्बरको च्बुलेट मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल हराएको सूचना पाए लगत्तै परिचालित प्रहरीले माघ १८ गते कोहलपुर नगरपालिका ३ किरणनाला नजिक बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको तथा चोरीमा संलग्न मानिस खोजतलास गर्ने क्रममा मिति चैत्र ११ गते सुर्खेतबाट पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि चैत्र १२ गते नेपालगन्ज १२ गणेशमान चोकबाट भे १२ प ३०६१ नम्बरको साइन मोटरसाइकल चोरी भएकोमा नेपालगन्ज १६ मन्नपुरवाबाट सोही स्थान बस्ने ढापालीलाई मोटरसाइकल सहित पक्राउ गरिइको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक ढापालीले बताए ।

प्रहरीका अनुसार नेपालगन्ज १७ नवजीगाउँबाट ने १ ह ३०७० नम्बरको ई(रिक्सा हराएको सूचना पाएको प्रहरीले सोही वडाको ढोडेगाउँबाट रिक्सा सहित जानकी १ का जरवटलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई चोरी कसुरमा अनुसन्धान भइरहेको डीएसपी पातालीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ११ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको