१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बुटवल श्री अन्तरप्रदेश शारीरिक सुगठन प्रतियोगिता शनिबार हुने



बुटवल । बुटवलमा ११ औँ बुटवल श्री अन्तरप्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा यही चैत १६ गते ११ औं संस्करणको बुटवल श्री हुन लागेको हो ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । युवाहरूलाई लागूपदार्थको दुव्र्यसनबाट सचेत बनाउनुका साथै खेलतर्फ आकर्षित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह रहनेछन् । ५५, ६०, ६५, ७० र ७० केजी भन्दा बढी तौल समूह गरी ५ वटा वजन समूहमा प्रतियोगिता हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यसवर्ष पहिलोपटक महिलातर्फ खुल्ला फिजिक्स प्रतियोगिता पनि आयोजना गरीएको छ ।

नवीन औद्योगिक माविमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्र्फ प्रत्येक वजन समूहबाट प्रथम हुने खेलाडीले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् भने ओभरअल प्रतियोगितामा सहभागि हुन पाउनेछन् । यस्तै उपविजेतालाई नगद ८ हजार र तृतीय हुने खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

यस्तै वजन समूहका विजेता खेलाडीहरुबिच हुने अन्तिम प्रतिस्पर्धामा विजेता हुने खेलाडीलाई नगद १ लाखसहित ट्रफी र बुटवल श्रीको उपाधिबाट सम्मानित गरिने छ भने उपविजेता ४ जनालाई नगद १० हजार र ट्रफीसहित सम्मान गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए । यस्तैगरी प्रतियोगितामा महिलातर्फ विजेतालाई नगद २० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई १० हजार र तृतीय हुने खेलाडीलाई ५ हजार नगदसहित मेडल प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशबाट १५० भन्दा बढी खेलाडीले सहभागिता जनाउने शारीरिक सुगठन तथा फिटनेस संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेलाडीलाई दर्ता शुल्क १ हजार तोकिएको छ भने १ हजार बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरीएको छ ।

यस्तै प्रतियोगिताको प्रमुख निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायस्थ रहेका छन् भने निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकहरु केशवबशादुर शाक्य, बुद्धीजंग कार्की तथा राष्ट्रिय निर्णायकहरु शिवध्वज राई, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, सुरज श्रेष्ठ, हेमन्त शाक्य र सन्तोष शाक्य रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : ५५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा