२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आईपीएल : हैदराबादको ब्याटिङ नचल्दा लखनउको सानदार जित



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले स्तब्ध भएको थियो ।

दोस्रो खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि निकोलस पूरन र मिचेल र्माशले अर्धशतकीय पारी खेले ।

पूरनले २६ बलमा ६ छक्का र ६ चौकासहित ७५ तथा मार्शले ३१ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी सिजनमा उनीहरूको यो लगातार दोस्रो अर्धशतक हो ।

यस्तै, अब्दुल समदले अविजित २२, कप्तान ऋषभ पन्तले १५ तथा डेविड मिलरले अविजित १३ रन जोडे । हैदराबादका लागि कप्तान प्याट कमिन्सले दुई तथा एडम जाम्पा र मोहम्मद शामीले एकरएक विकेट लिए ।

त्यसअघि राजीव गान्धी इन्टरनेसन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो ।

उसका लागि ट्रभिस हेडले २८ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अनिकेत वर्माले ३६, नितिशकुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६, कप्तान प्याट कमिन्सले १८ र हर्षल पटेलले अविजित १२ रन जोडे ।

लखनउका लागि शार्दुल ठाकुरले चार, आवेश खान, रवि विश्नोई, प्रिन्स यादव र दिग्वेश राठीले एकरएक विकेट लिए । जारी सिजनमा हैदराबादको यो पहिलो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ४५ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय