२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : आरसिबीसँग चेन्नाई पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले लगातार दोस्रो जित निकालेको छ । आरसिबीले शुक्रबार भएको खेलमा चेन्नाई सुपर किङलाई ५० रनले हराएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको चेन्नाई ८ विकेट गुमाउँदै १४६ रनमा सीमित भयो । चेन्नाईका रचिन रविन्द्रले ३१ बलमा ४१ रन जोड्नु बाहेक शीर्ष क्रममा ५ ब्याट्सम्यान शून्यमा आउट भए ।

नवौँ क्रममा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३० रन जोडे । रवीन्द्र जडेजाले २५ रन जोडे । चेन्नाईमा जोस हजेलउडले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । यसैगरी यस दयाल र लियाम लिभिङस्टोनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले सात विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि कप्तान रजत पाटीदरले ३२ बलमा ५१ रन जोडे । उनको पारीमा चार चौका र तीन छक्का समावेश थियो । पाटिदर खेलको म्यान अफ द म्याच बने ।

फिल साल्टले १६ बलमा ३२ रन जोडे भने विराट कोहलीले धिमा गतिमा रन बटुल्ने क्रममा ३० बलमा ३१ रन बनाए । टिक डेभिडले ८ बलमा २२ रन जोडे । उनले २० औँ ओभरमा साम कुरानलाई लगातार तीन छक्का प्रहार गरे । यसअघिको खेलमा छाएका नुर अहमदले दोस्रो खेलमा ३६ रन खर्चेर तीन विकेट लिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ३६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले