१४ असार २०८३, आइतबार | June 28, 2026

नेपालगन्जमा देखियो चाँद, भोलि (सोमबार) इद उल फित्र सुनिश्चित, सरकारले दियो सार्वजनिक बिदा



नेपालगन्ज । रमजानको २९ औं दिनमा आज साँझ चाँद (चन्द्रमा) देखिएसँगै भोलि सोमबार इस्लाम धर्मालम्बिीहरुको मुख्य पर्व ईद यल फित्र सुनिश्चित भएको छ ।

आइतबार साँझ नेपालगन्जको आकाशबाट चन्द्रमा देखिएसँगै ईद उल फितर पर्व मनाउने सुनिश्चित भएको हो ।

मुस्लिम परम्परा अनुसार चन्द्रमा साँझ देखिएपछि त्यसको भोलिपल्ट इद उल फितर सुनिश्चित हुने गर्दछ । सोमबार, मार्च ३१ तारिखका दिन इद मनाइने निश्चित भएसँगै मुस्लिम बाहुल्य नेपालगन्जमा चहलपहल बढेको छ ।

भोलि सार्वजजिक बिदा

मुस्लिम समुदायको मुख्य पर्व इद उल फितरको अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाका आधारमा इस्लाम धर्मालम्बिहरुको पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय भएको संघीय सरकारको गृहमन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ४१ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली