२४ भदौ २०८३, बुधबार | September 9, 2026

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार



नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध आन्दोलित बनेका बाँकेका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा बाँकेमा क्रियाशिल पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् । पत्रकार महासंघ बाँकेको कार्यालयबाट बिहान कालोपट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका थिए ।

उनीहरुले आइतबार दिनभर हातमा कालोपट्टी बाँधेर समाचार संकलन गरेका छन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको केन्द्रिय सर्कुलर अनुसार बाँकेमा बिरोध स्वरुप हातमा कालोपट्टी बाँधिएको बताए । ‘पत्रकारको हत्या, कुटपिट, आगजनी र सञ्चार माध्यममाथीको आक्रमण विरुद्ध हामी आन्दोलित छौं,’ उनले भने, ‘आन्दोलन कार्यक्रम अन्तरगत आज बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हौं ।’

यसअघि शनिबार बेलुका महासंघको आयोजनामा श्रद्धाञ्जली तथा बिरोध सभा गरिएको थियो । स्थानीय विपी चोकमा आयोजित सभालाई सम्बोधन गर्ने बक्ताले लोकतन्त्रमा मात्रै पूर्ण प्रेस स्वतन्त्रताको अनुभुति गर्न पाइने बताए । पूर्वराजा समर्थक आन्दोलनका क्रममा काठमाडौंको तिनकुनेमा एभिन्युज टिभीमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्या गरिएको थियो ।

आन्दोलनकारीले आगजनी गरेको एक घरभित्र डढेंको अवस्थामा पत्रकार रजकको शव फेला परेको थियो । आन्दोलनकारीले थुप्रै पत्रकारलाई कुटपिट गरेका थिए, भने कान्तिपुर टिभी र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढासँगै आगजनीको प्रयास गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : २० बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००