१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण



काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको कोइरालाको पार्थिव शरीरप्रति नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।

यस्तै पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिव शरीरमा विभिन्न सञ्चारगृहका पत्रकार, पार्टीका नेतागण, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले पनि श्रद्धाञ्जली दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ५५ बजे

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष