२४ भदौ २०८३, बुधबार | September 9, 2026

शंकरनगर वन विहार (वनवाटिका)मा चुनावी माहोल

किरण खरेल नेतृत्वको समावेशी प्यानलले घोषणा गर्यो २४ बुँदे प्रतिवद्धता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका०मा चुनावी माहोल सुरु भएको छ । वनवाटिकाको चौथो अधिवेशनबाट नयाँ नेतृत्वका लागि कसरत सुरु भएको हो ।

यसैबीच मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेदवार किरण खरेलले २४ आफ्नो बुँदे घोषणापत्र जारी गरेका छन् । चार वर्षको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले आफूले गर्न सकिने र सम्भव हुने कामलाई मात्रै प्राथमिकता दिएको बताए । बुँदागत रुपमा काम अघि बढाउने उनको प्रतिवद्धता छ ।

सबै संरचना पूरा भएको वनवाटिका जस्तै नमूना पार्क नेपालमा अन्यत्र कतै नरहेको उनले दाबी गरे । अहिलेसम्म आर्थिक पारदर्शिताको अभाव रहेको भन्दै उनले यसलाई ब्यवस्थित गर्दै अघि बढ्ने र सफ्टवेयर प्रणाली, अनलाईन सिस्टमलाई थप ब्यवस्थित ढंगले अगाडि बढाइने बताए । प्रविधिको जमाना अनुसार ब्यवस्थापनमा जोड दिएको उनले बताए । निर्माणको क्रममा टेण्डर प्रणाली अघि बढाउने लक्ष्य समेत रहेको उनले बताए ।

आफ्नो टिम समावेशी भएको उनको दाबी छ । “सबै खाले राजनितिक दलसँग समन्वय भएको छ”- उनले भने । कुल १४ जना पदहरु मध्य नेकपा एमालेलाई अध्यक्ष, कोषाध्यक्ष तथा नेपाली काँग्रेस पार्टीलाई उपाध्यक्ष, सचिव, ४ सदस्य परेका प्राप्त गर्नेगरी भागवण्डा गरेर खरेल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यसैगरी लेखा समिति संयोजक नेपाली काँग्रेस पार्टी र २ जना सदस्य नेकपा एमालेको भागमा परेको उनले बताए ।

वनवाटिकामा ७७३ जना सदस्यहरु छन् । वनवाटिकामा १० लाख रुपैयाँ मासिक संचालन खर्च हुने गरेको छ । वनवाटिका ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ४ : ३८ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००