१६ असार २०८३, मंगलबार | June 30, 2026

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिए । हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए ।

हटलाइनमा फागुन महिनामा मात्र एक हजार ९०२ वटा उजुरी दर्ता भएको उनले बताए । उनका अनुसार चैत महिनामा एक हजारभन्दा बढी गुनासो आइसकेका छन् । हटलाइनमा प्राप्त गुनासोमध्ये ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषय बढी छन् ।

फोनबाहेक फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट आएका छन् । गुनासो सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको हटलाइनमा कार्यरत एकबहादुर महर्जनले जानकारी दिए । मन्त्रालयमा नै सिधैँ गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती कम हुँदै गएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ५६ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज