७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पु¥याएको योगदान र सहयोगप्रति धन्यवाद दिए ।

मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना शोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गरे । उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न रसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताए ।

मन्त्री खड्काले नेपालको प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रीड, हरित ऊर्जालगायतका क्षेत्रमा लगानीको वातावरण मिलाउन राजदूतमार्फत रसियाली कम्पनीलाई आग्रह गरे ।

भेटमा नेपालका लागि रसियाली राजदूत एलेक्सीले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानी गर्न रसियनहरु इच्छुक रहेको बताए । राजदूत एलेक्सीले रसियामा आगामी जुन महिनामा हुने सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मे महिनामा हुने नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबर महिना हुने रसियन इनर्जी वीकमा भाग लिन मन्त्री खड्कालाई आमन्त्रण गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : २४ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ