७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

हङकङमा हुने चारदेशिय टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु



भैरहवा । आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी-२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण भएको हो ।

बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघले बुधबार बिहान स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रको सिर उचो गराउने गरी खेल खेल्न शुभकामना दिए । बन्द प्रशिक्षणमा रहँदा मिहिनत गर्न उनले आग्रह गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो’, उनले भने, ‘त्यसैले तपाईंहरुले सफलता पाउँदा होस् वा नपाउँदा होस् सबै नेपालीहरु साथमा छन् । यसपटक सफलता हात पर्नेमा हामी विश्वस्त छौं ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगती गर्व गर्न लायक रहेको जनाए । उनले राष्ट्रभक्ती र राष्ट्रियतालाई आत्साथ गरेर क्रिकेट खेल्न आग्रह गरे । ‘तपाईंहरु मैदानमा खेलिरहँदा हाम्रो छाती गर्वले फुलिन्छ, छाती ढुकढुक हुन्छ, हाम्रा खेलाडीले जिते हुन्थ्यो भन्ने हुन्छ’, उनले भने, ‘त्यसैले सधै मिहिनत गर्नुस्, राष्ट्रप्रेम यहाँहरुलाई थाहा छ, क्रिकेटको महत्व बुझ्नु भएकै छ ।’ उनले हङकङको सिरिज जितेर आउन शुभकामना दिए ।

प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको जनाए । उनले टिम एकजुट भएर सबै नेपाललाई एकै ठाउँमा बाँधी खुशी तुल्याउने गरी खेलाडीहरुले खेल प्रदर्शन गर्ने विश्वास जनाए । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताए । उनले भर्खरै प्रधानमन्त्री कप सम्पन्न भएकाले त्यसबाट धेरै खेलाडीहरुको अभ्यास समेत भएकाले जति सक्दो राम्रो गर्ने आफूहरुको लक्ष्य रहेको जनाए ।

नेपाल क्रिकेट संघ (क्यान) छनोटमा परेका २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा सहभाी छन् । हङकङमा हुने चारदेशिय सिरिजपछि नेपाटी टिम आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा रोहितकुमार पौडेल, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : २७ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर