९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाँकेमा पहिलो अन्तर विद्यालय पौडी प्रतियोगिता हुँदै



नेपालगन्ज । शिखा एकेडेमी कोहलपुरले काठमाडौं बाहिर पहिलो पटक बाँकेमा जिल्लास्तरीय अन्तर विद्यालय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । पौडी खेलको विकास गर्न भन्दै शिखा एकेडेमीले नेपालगन्ज स्वीमिङ क्लवसँगको समन्वयमा बाँकेका पौडी प्रतियोगिता गर्न थालेको हो ।

चैत्र २३ गते संचालन गरिने प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका ६५ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुने एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सूर्यमणि अधिकारीले जानकारी दिए । उनका अनुसार ८, १०, १२, १४ र १७ वर्ष कम उमेर समूहका बिद्यालयका बिद्यार्थीहरुका बीच प्रतियोगिता गराइने छ । प्रतियोगिताका विजेतालाई मेडल तथा प्रमाणपत्र दिइने उनले जानकारी दिए ।

एकेडेमीका सिइओ राजकुमार सुवेदीले शिखाले आठ वटा खेलमा विषयगत शिक्षक राखेर विद्यालयलाई अतिरिक्त क्रियाकलापको हवकारुपमा संचालन गरिएको जानकारी दिए । उनले सबै खेलका लागि विद्यालय परिषरभित्रै मैदान बनाइएको बताए ।

एकेडेमीका अध्यक्ष गोपाल अधिकारीले ५ बिगाहा क्षेत्रफलमा रहेको विद्यालयमा गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद, कला र संगीतलाई समावेश गरिएको बताए । पत्रकारहरुको जिज्ञासामा उनले विषेश सुबिधा सहित बिद्यालय संचालन भएपनि स्थानीय सरकारले ताकेकै मापदण्डमा शुल्क निधाएरण गरिएको जनाए । सबैको पहूँच बिद्यालयमा पुग्न सक्ने उनले दाबी गरे ।

एकेडेमीका प्रिन्सिपल राजीव सुवेदीले घोकन्ते शिक्षा मात्र शिक्षा नभएर ब्यवहारिक ज्ञान र शीपयुक्त सिकाई बिद्यालयको प्राथमिकतामा रहेको बताए ।

काठमाडौं उपत्य बाहिर यसप्रकारका प्रतियोगिता कम हुने गरेकोमा शिखाले पहिलो पटक मोफसलमा फँेडी प्रतियोष्तिाको आयोजना गरेको हो । यसप्रकारको प्रतियोगिताले पौडी खेलाडी उत्पादनमा सघाउ पु¥याउने एकेडेमीका संचालकहरुले बिश्वास लिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : १३ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित