२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘पूर्णबहादुरको सारङ्गी’ले अविष्मरणीय बनाएको वर्ष २०८१ : चलचित्र क्षेत्रमा के के भयो ?



काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली चलचित्रका लागि वि.सं. २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग-यो ।

नेपालको ग्रामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्त्वपूर्ण भूमिका खेलेको चलचित्रकर्मी बताउँछन् ।

यसले सुस्ताएको नेपाली चलचित्र क्षेत्रलाई उत्साहित मात्रै बनाएन, नेपाली दर्शकलाई हलसम्म ल्याउने वातावरण पनि बनायो । यसर्थमा पनि नेपाली चलचित्रका लागि २०८१ साल अविष्मरणीय बन्न पुगेको छ किनकि यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालीन सफल चलचित्र बनेको छ ।

यसका साथै चलचित्र ‘डिग्री माइला’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘होस्टेल ३’ र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेका छन् । चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ भने प्रदर्शन हुन बाँकी छन् ।

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको सुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यो वर्ष भिन्न भिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुआत निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो। यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु ।’

यो वर्ष विशेषगरी नाम चलेका कलाकारभन्दा पनि विषयवस्तुमा आधारित चलचित्रमा दर्शक आकर्षित भएका छन् । चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताए । ‘चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो किनकि कलाकारमा केन्द्रीत हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ’, निर्देशक चाम्सले भने ।

उनले निर्देशन गरेको प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ मा दर्शकको आकर्षण राम्रो छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रले प्रदर्शनको २० दिनमा देशव्यापी छ करोड ४५ लाखको व्यापार (ग्रस) गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बक्सअफिसमा उल्लेख छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ९ : १२ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।