२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आईपीएल : कलकताको उत्कृष्ट कमब्याक, हैदरावाद ८० रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई अस्थिर टोलीबीच भएको खेलमा कलकता नाइट राइडर्सले फराकिलो अन्तरले सन राइसजर्स हैदरवादलाई हराएको छ ।

मुम्बई इइिडयन्ससँगको पछिल्लो खेलमा ब्याटिङ कमजोर भएपछि आलोचित बनेको कलकताले बिहीबार भएको खेलमा शानदार कमब्याक गर्दै हैदरावादलाई ८० रनले हराएको हो । २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।

चार दिन अघि मुम्बईसँग ११६ रनमा समेटिएको कलकताले हैदरावादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो । कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे । रिकु सिंह अविजित रहँदै १७ बलमा ३२ रन प्रहार गर्न सफल भए । यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।

जवाफमा पहिलो १३ रनमा नै तीन विकेट गुमाएको हैदरावाद १२० रनमा समेटिएको हो । गत सिजनको उपविजेता २ अंकसहित तालिकाको पुछारमा छ भने साबिक विजेता कलकता ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

ट्रेभिस हेड लगातार दोस्रो खेलमा वैभव आरोहाको सामु सस्तोमा समेटिए । गत वर्षको आईपीएलको फाइनलमा पनि उनी सस्तैमा आउट भएका थिए । इसन किसन र अभिषेक शर्माले पनि २ रन भन्दा बढी जोड्न सकेनन् । शीर्षक्रमको खराव सुरुवातले गत सिजनको फाइनलको नै झझल्को दिएको थियो ।

९ रनमा तीन विकेट गुमाएको हैदरावादका लागि हेन्रिक क्लासेनले २१ बलमा ३३, शून्य रनमा जीवनदान पाएका कामिन्डु मेन्डिसले २० बलमा २७ तथा नितिस कुमार रेड्डीले १९ रन जोडे। हैदरावादले १६.४ ओभरमा सम्पूर्ण विकेट गुमायो ।

वैभव आरोहाले ४ ओभरमा २९ रन खर्चेर ३ तथा वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेल महँगो साबित हुँदै १.४ ओभरमा २ रन खर्चिँदै २ विकेट लिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : १४ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय