७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रादेशिक अस्पताल र सिभिल अस्पताल बीच सहकार्यको तयारी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) काठमाडौं बीच सहकार्यका लागि छलफल सुरु भएको छ । सिभिल अस्पताल काठमाडौंले सेवालाई प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार प्रारम्भिक समझदारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।

सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. मोहनचन्द्र रेग्मीको नेतृत्वमा आएको टोलीले विहिबार र शुक्रबार दुई दिनसम्म लुम्बिनी अस्पतालको निरीक्षण गर्नुका साथै विभागीय प्रमुखहरुसँग छलफल गरेको छ ।

संघीय संरचना अनुसार सिभिल अस्पतालको सेवालाई पनि प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार यसका नीतिगत विषय, भौतिक संरचना तथा उपकरणका साथै जनशक्तिको विषयमा छलफल गरिएको लुम्बिनी अस्पतालका मेसु डा. ढकालले जानकारी दिए । अस्पतालमा कार्यरत विभिन्न विभागका प्रमुखहरुले सिभिल अस्पतालसँग सहकार्य गर्दा आवश्यक पर्ने जनशक्ति, उपकरण लगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

सिभिस अस्पतालसँग सहकार्य भएमा यस क्षेत्रका निजामति कर्मचारी, जनप्रतिनिधि, जेष्ठ नागरिक तथा लक्षित वर्गलाई समेत थप सहज हुने मेसु ढकालले जानकारी दिए । लुम्बिनी अस्पतालले पछिल्लो समय सेवा बिस्तार र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले सेवाग्राहीको चाप बढ्दै गएको उल्लेख गरे ।

अस्पतालमा सामाजिक सेवा इकाई, बीमा कार्यक्रम, मातृ शिशु पोषण तथा आमा सुरक्षा कार्यक्रमले सेवाग्राहीको आकर्षण बढ्दै गएको उनले बताए । यसका साथै अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै शल्यक्रिया कक्षसहितको विशेषज्ञ सेवा, ब्रेस क्यान्सको स्क्रिनिङ सेवा, क्याथल्याव सेवा, डाइलाइसिस सेवा लगायतका विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २७ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ