१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता सुरु, स्टार क्रिकेट र इलिट जे आरको विजयी सुरुवात



बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । १४ वर्ष मुनिका खेलाडीहरुको प्रतिभालाई बाहिर निकाल्न र खेल प्रतिको मोहलाई उजागरण गर्न क्रिकेट प्रतियोगिता सुरु भएको हो । वस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

बुटवलको नरैनापुर क्रिकेट मैदानमा संचालन भएको प्रतियोगितामा आज दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा स्टार क्रिकेट एकेडेमी र लुम्बिनी बोर्डिङ स्कुल आमने सामने भएका थिए । प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी १०९ रनले विजयी भएको छ । त्यस्तै आजै भएको दोस्रो खेल इलिट जे आर क्रिकेट एकेडेमी र प्यारामाउन्ट स्कुल बिच भएको खेलमा इलिट जे आर विकेटले विजयी भएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवलमा हरेक दिन केही न केही खेलकुद गतिविधि भइरहेको उल्लेख गर्दै बुटवललाई खेलकुदको हब बनाउने अभियानमा आफूहरू निरन्तर लागिपरेको बताए । साथै, बुटवलमा आगामी बैशाख महिनामा अन्डर १६ क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी पनि उनले दिएका छन् ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, हैदरावादी दम बिर्यानीका सञ्चालक जनक खड्का, स्टार क्रिकेट एकेडेमीका सञ्चालक कविता गौचन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वस्टर्न क्रिकेट एकेडेमीका सचिव भुवन अधिकारीले गरेका थिए ।

विभिन्न १२ वटा समूह सहभागी यस प्रतियोगितामा दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाई समूहको शिर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने पाण्डेले जानकारी दिए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।

 

 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : ५२ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी