२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते



अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका-३ ढुंगाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बाबुराम अर्यालले बताए ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो । दुर्घटनाको खबर प्राप्त भएपछि बिहानै इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा सातजना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

अन्य दुई घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ३६ बजे

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई