७ आश्विन २०८३, बुधबार | September 23, 2026

श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन ।

हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी, २०८१ को आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गरे भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको बताए ।

उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिएका छन । श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित हुनुभएको उल्लेख गर्दै उनले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिएका छन ।

“श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ”, उनले सन्देशमा भनेका छन ।

उपराष्ट्रपतिले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गरेका छन ।

“हाम्रा पर्वहरू सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अङ्कुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रूपमा उपयोग गर्दै यसमार्फत देश र समाजमा शान्ति, मङ्गल र कल्याणका भावनाहरू जागृत गर्ने प्रयासहरूलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रूपमा आत्मसात् गर्न जरुरी छ”, सन्देशमा उनले भनेका छन ।

उपराष्ट्रपति यादवले मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अङ्गीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिएका छन । “रामनवमी उत्सवमात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरूसँग जोड्ने एउटा मङ्गलमय अवसर पनि हो”, उनले भनेका छन, “यस अवसरमा श्रीरामझैँ असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।”

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११