७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै



दाङ । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गर्नुभएको छ । उहाँले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।

“खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ”, उनले भने ।

घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाए । “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ”, उनले भने ।

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए । उनले भो, “मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ ।”

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ०३ बजे

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त