४ पुस २०८२, शुक्रबार | December 19, 2025

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् ।

सो पार्टीले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनमा उनले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताए । अध्यक्ष केसीले भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, २४० वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको छर्लङ्गै छ । हाल गणतन्त्रका नाममा सत्तामा बस्नेहरूले राम्रो काम गर्न नसकेकाले जनअसन्तुष्टि देखिएको छ, जनताले सडकबाट चेतावनी दिएका छन्, यो सत्तामा रहेका दलका नेताहरूमाथि पनि कारबाही हो ।”

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उनको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र सङ्घीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ०८ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ