२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको रोकावटले उद्योगी व्यवसायीलाई चिन्तित बनायो



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएको रोकावटले यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताएका छन । निर्माण पुरा भएको लामो प्रतिक्षा पछि सञ्चालनमा आउँदा उत्साह थपिएको बताउँदै उनले अहिले विमानस्थलमा उडान अवतरण रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई गम्भिर र चिन्तित बनाउनुका साथै निराशा पैदा गराएको बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ३१ औं परिषद सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा गिरावट आउने भनाई राखे । उनले सरकारी निकायका यस्ता गतिविधिले उद्योगी व्यवसायीलाई निराश बनाएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा गम्भिर असर गर्ने दावी गरे । प्रदेश अध्यक्ष शर्माले उद्योगी व्यवसायीका समस्या सुन्न र पैरवी गर्नका लागि आफूहरु तयार रहेको बताउँदै तल्लो तहबाट समस्याको पहिचान गरी आफूहरुलाई सुझाव दिन आग्रह गरे ।

त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको व्याजदर घटेको दावी गरे । उनले मुलुकलाई ग्रे लिस्टबाट हटाउनको लागि पहल भैरहेको बताउँदै ग्रे लिस्टबाट हटाउन सकिएन र यसले अर्थतन्त्रमा झनै ठूलो असर गर्ने भनाई राखे । त्यसैगरी उनले कतिपय स्थानीय तहले मापदण्ड विपरित विज्ञापन कर असल गर्न थालेको बताउँदै त्यसका बारेमा जोडतोडले आवाज उठाउनु पर्ने भनाई राखे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीका बारेमा जानकारी गराउनु भएको थियो भने त्यसको समिक्षा गर्न र भावी कार्यक्रम तय गर्नका लागि सुझाव सल्लाह दिन परिषदका सदस्यहरु वस्तुगत समितिका सभापतिहरुलाई आग्रह गरे ।

त्यस अवसरमा संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजु, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्व सचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा। प्रदिप शर्मा लगायतले संघले गर्ने कार्यक्रमसंगै परिणामको पनि खोजी गर्नुपर्ने भनाई राखे ।

त्यसैअवसरमा संघले प्रकाशन गरेको नयाँवर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ भने क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मान गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी गराए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ४७ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी