नेपालगन्ज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका र बाँकेको खजुरा गाउँपालिका प्रमुखले पनि आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्वोधन गर्न नेपाल सरकारसगं आग्रह गरेका छन् । सिद्धार्तनगरका नगर प्रमुख इश्तियाक अहमद खाँ र खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्वोधन गर्न माग गरेका हुन् ।
नगरप्रमुख खानले लामो समयदेखी शिक्षकहरु आन्दोलित हुदा नतिजा प्रकासन तथा नयाँ शैशिक्षसत्रको भर्ना अभियानलाई समेत असर परेको उल्लेख गर्दै जायज र बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वाताबरण निमार्ण गर्न सरकार सगं आग्रह गरेका छन् । सविधान सभा सदस्य समेत रहेका मेयर खाँनले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूका मागहरू समावेश नभएको, शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले २०८१ चैत्र २० गते देखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट सिद्धार्थनगर नगरपालिका भित्रका विद्यालयहरूको शैक्षिक शत्र २०८१ नतिजा प्रकाशन, शैक्षिक शत्र २०८२ को भर्ना अभियान लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएको समेत जनाएका छन ।
‘यस्तो अवस्थामा नेपाल सरकारलाई शिक्षक महासंघका बिगतमा भएका सम्झौता अनुरुप जायज मागहरूलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारि गरी समस्या समाधान गर्न अनुरोध गर्दछु, उनले बिज्ञप्तिमा भनेका छन− शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिको लागि शिक्षकहरुको आत्मसम्मान कायम राख्दै आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।’ उनले वार्ता र सम्वादका माध्यमवाट समस्याको समाधान निकाल्न दुवै पक्षलाई आग्रह समेत गरेका छन ।
यता बाँकेको खजुरा गाउँपालिका प्रमुख बिकले खजुरा गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरु संघीय शिक्षा ऐन नेपाल सरकारले जारी नगरेको र शिक्षकहरुको माग सम्बोधन नभएको भनी संघीय शिक्षा ऐन जारी गराउने प्रयोजनको लागि काठमाडौं केन्द्रित अनिश्चितकालिन आन्दोलनमा सहभागी भएबाट विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रमहरुमा पनि प्रत्यक्ष प्रभाव परेको र शैक्षिक सत्र २०८२ को भर्ना अभियानसमेत तोकीएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सृर्जना भएको जनाएका छन् । उनले शिक्षक तथा कर्मचारीहरुका जायज मागहरुमा समर्थन रहेको उल्लेख गर्दै यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साय काममा फर्कने वातावरण निर्माणका लागि सरकारसँग अनुरोध गरेका छन् ।
यसअघि बुटवल उपमहानगरलायतका स्थानीय सरकार प्रमुखहरुले शिक्षक आन्दोलनलाई समर्थन गर्दै काममा फर्कने वातावरण बनाउन सरकारसँग आह्वान गरेका थिए ।


















प्रतिक्रिया