१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला



काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद ‘बिआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालालगायतले बिआरआई श्वेतपत्रको लोकार्पण गरे ।

बिआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ सरकारले प्रकाशन गरेको श्वेतपत्रलाई फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले अनुवाद गरेर सार्वजनिक गरेको हो । श्वेतपत्रले अन्तर्राष्ट्रिय समुदायलाई बिआरआईको मूल्यका बारेमा राम्रो सामझदारी कायम गर्न, उच्चस्तरको सहकार्यमा सहजीकरण गर्न र धेरै मुलुक र जनतामा लाभ प्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिएको छ ।

पुस्तकमा विश्व जगत्सँग सम्बन्धित चिनियाँ प्रस्ताव, इतिहासको विरात, वास्तविकताको प्रत्युत्तर, भविश्यमुखी, साझा विकास र समृद्धिका सिद्धान्त, अवधारणा, उद्देश्य र दूरदृष्टि, बहुक्षेत्रगत र बहुआयामिक सम्पर्क सञ्जाल प्रवद्र्धन, परियोजनामा आबद्ध मुलकुलाई लाभ, आर्थिक भूमण्डलीकरण, विश्वव्यापी शासन सुधार, मानव सभ्यताको हित प्रवद्र्धनका साथै बिआरआई सहकार्यको आवश्यकतालगायत विषय समेटिएको छ ।

सो अवसरमा कांग्रेस नेत्री कोइरालाले नेपालका लागि बिआरआई अभूतपूर्व अवसर भएको उल्लेख गर्दै यस परियोजनाले भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । नेपालजस्तो भूपरिवेष्टित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार नाकामा पहुँच आवश्यक रहेको औँल्याउँदै उनले बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्ने बताइन् ।

“बिआरआई परियोजनाको मुख्य लक्ष्य विकास र पारस्परिक लाभ हो, यसले दीगोपनाका साथ भविश्यका लागि आशाको सन्देश दिएको छ, तर नेपालमा यसको कार्यान्वयनबाट अपेक्षित लाभ प्राप्त हुन सकेको छैन, यसको मुख्य कारण बिआरआईप्रतिको गलत बुझाइ हो”, पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनिन् ।

श्वेतपत्रका बारेमा प्रकाश पार्दै पत्रकार महेन्द्र सुवेदीले बिआरआई अवधारणाले मानवजगत्का लागि आधुनिकीकरणको अनुभूति दिलाउन नयाँ मार्ग खुला गरेको र विश्व समुदायको साझा भविश्य निर्माणका लागि गरिएका पहललाई सुनिश्चिता प्रदान गरेको जानकारी दिए । एक दशकमा बिआरआई सहकार्यले सहभागी देशलाई वास्तविक लाभ प्रदान गरेको उल्लेख गर्दै उनले आर्थिक भूमण्डलीकरणको सुदृढ विकासका साथै विश्वव्यापी विकासका जटिलताको समाधान र विश्वव्यापी शासन प्रणाली सुधार गर्न यसले सहायता प्रदान गरेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : ५६ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने