११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : गुजरातको चौथो जीत, राजस्थान रोयल्सलाई ५८ रनले पराजित



काठमाडौं । राजस्थान रोयल्सविरुद्ध ५८ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न खेलमा गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.२ ओभरमा १५९ रनमै समेटियो ।

राजस्थानका सिम्रन हेटमायरले ३२ बलमा ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान सञ्जु सामसनले ४१ र रियान परागले २६ रन थपे । यसबाहेक, राजस्थानका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

राजस्थानलाई सस्तैमा रोक्न गुजरातका प्रसिद्द कृष्णाले तीन विकेट लिए । राशिद खानले दुई विकेट लिँदा मोहम्मद सिराज, अर्शद खान र कुलवन्त खेजरोलियाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो ।

गुजरातका लागि साईले ५३ बलमा आठ चौका र तीन छक्कासहित सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी जोस बटलर र शाहरुख खानले समान ३६ रन बनाए । राहुल तेवाटियाले अविजित २४ तथा राशिद खानले १२ रन बनाए ।

राजस्थानका लागि महेश तिक्क्षणा र तुषार देशपाण्डेले समान दुई विकेट लिए । यस्तै, सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ७ : ३६ बजे

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा