२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौं । बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छिन । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन ।

प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गर्नुभएको ब्रसेल्सस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल-बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो ।

सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै मौसूफले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र नेपालबीचको सम्बन्ध अझ समृद्ध हुने विश्वास व्यक्त गरेकी थिइन ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ८ : ३१ बजे

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी