२४ भदौ २०८३, बुधबार | September 9, 2026

घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न



मणिग्राम । घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संस्थागत क्षमता अभिवृद्धिका लागि व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनका अभ्यास गराइएको थियो ।

गोष्ठीमा देशको सन्तुलित विकाश, रोजगारी अभिवृद्धि, वित्त सञ्चालन, स्थानीय कच्चा पदार्थको सदुपयोग, आयात प्रतिस्थापन लगायतमा योगदान दिँदै आएका घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न महासंघलाई थप सशक्त बनाइने निष्कर्ष निकालिएको थियो ।

संघका जिल्ला कार्यसमिति अध्यक्ष टंकनाथ अधिकारीको सभापतित्व एवम् लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित २ दिने गोष्ठीका अवसरमा योगाभ्यास सहित मित्रमिलन, सहकार्य, संस्थागत सबलता लगायतका अभ्यास सञ्चालन गरिएको वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक देवानन्द पाण्डेले जानकारी दिए ।

महासंघका केन्द्रीय उपाध्यक्ष नेत्रप्रसाद पाठक, केन्द्रीय सदस्यहरूः कन्हैयालाल कसौधन, बसन्त रोका क्षेत्री, प्रदेश कोषाध्यक्ष माया खनाल, पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धिताल लगायतको उपस्थितिमा गोष्ठी सञ्चालन गरिएको थियो ।

गोष्ठीका क्रममा महासंका पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले घरेलु तथा साना उद्योग महासंघको परिचय र नेपालमा उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै उपप्राध्यापक एवम् प्रशिक्षक मुक्तिनाथ गैह्रेले व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनबारे सहजीकरण गरेका थिए भने दुर्गाबहादुर पोखरेलले योगाभ्यास गराएको महासचिव थानेश्वर चापागाईले जानकारी दिए ।

सहभागीले आफ्नो उद्योगका साथै समग्र महासंघको कुशल व्यवस्थापन र योजना कार्यान्वयनका लागि गोष्ठीले सीपसहित ऊर्जा थपेको भन्दै जिल्ला कार्यसमितिप्रति आभार व्यक्त गरेका थिए ।

पाल्पाको भैरवस्थानमा आयोजित गोष्ठीमा संघको लुम्बिनी प्रदेशका पदाधिकारी सहित रूपन्देही जिल्ला कार्यसमिति र पालिकास्तरमा क्रियाशील समितिका पदाधिकारीको प्रतिनिधिमूलक गरी ३६ जनाको सहभागिता रहेको महासंघका जिल्ला सदस्य ऋषि भण्डारीले बताए ।

सो अवसरमा महासंघ जिल्ला कार्यसमितिले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ८ : ४२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको