१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आगामी बजेटमा सुझाव दिन नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको छलफल तथा अन्तरक्रिया सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।

बुटवलमा आयोजित पूर्ब बजेट छलफलमा युवा उद्यमीहरूले युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले स्वदेशी उद्योगहरूलाई प्रबर्द्धन र प्रोत्साहन गर्न नीति बजेटले लिनुपर्ने बताए ।

त्यसका लागि कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर फरक गरिनुपर्ने, मझौला कर कार्यालयहरू विकेन्द्रीकरण गरिनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षा भए करको दायरामा सहभागिता बढ्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्योगहरूसँग जोड्न उनीहरूले आग्रह गरेका छन् । युवा उद्यमीहरूले उधारोका आफुहरू निकै समस्या परेको बताए । उधारोकै कारण उद्योग बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको समेत उनीहरूले बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले उद्यमशिलता प्रबर्द्धन गर्न सरकारले बनाएको स्टार्टअप कोष युवामा मात्रै केन्द्रित हुनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा उद्यमीहरूले दिएको सुझाव उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई बुझाईने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ११ : २७ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत