९ श्रावण २०८३, शनिबार | July 25, 2026

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि राज्यले भूमिका खेल्नुपर्नेमा जोड



बुटवल । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सुरक्षाका लागि तीनै तहका सकारले आवश्यक नीति निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

समुदायमा रहेको मानवीय विभेद हटाउनका लागि राज्यले साथ नदिँदासम्म सम्भव नभएको उल्लेख गर्दै उनीहरुले राज्यका हरेक तहमा यस विषयको पैरवी आवश्यक रहेको उल्लेख गरे । शाहसी कदम नेपालले विहिबार तिलोत्तमामा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार, मूल्य र सरोकारवालाहरुसँगको अन्तरक्रियामा सहभागीहरुले समानताको पक्षमा सचेतना आवश्यक रहेको बताए ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका-१ का वडा अध्यक्ष फर्सुराम गिरीले लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकार रक्षाका लागि तिलोत्तमा नगरपालिका सधै साथमा रहने प्रतिवद्धता गरे । तिलोत्तमालाई लैङ्गिकमैत्री पालिकाको रुपमा स्थापित गर्ने अभियानमा रहेको बताउँदै उनले सबै समुदायको समान सहभागिता र समान पहुँचको पक्षमा रहेको उल्लेख गरे ।

यसैगरी वडा नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले राज्यले सबै नागरिकलाई समान हैसियतले व्यवहार गर्ने बताउँदै सामाजिक रुपमा रहेका विभेद हटाउनका लागि सामाजिक संघ–संस्थाहरुले सचेतना अभियानलाई जोड दिनुपर्ने उल्लेख गरे । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा बोल्ने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले समानता र मानव अधिकार रक्षाका लागि राज्यले सबैभन्दा पहिले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

शाहसी कदम नेपालका अध्यक्ष अहिसना क्षेत्री, कार्यकारी निर्देशक रेशम न्यौपाने तथा फाइनान्स अफिसर सुरेश थापा लगायतले बोल्दै लैङ्गिक अल्पसङ्ख्यकहरुप्रति गरिने व्यवहार परिवर्तन गर्न आवश्यक रहेको बताए । समाजमा समान हैसितले बाच्ने अधिकार सबै नागरिकलाई हुनुपर्ने बताउँदै उनीहरुले त्यसका लागि आज पनि लडाई लडिरहनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  २ : ४७ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा