२४ मंसिर २०८२, बुधबार | December 10, 2025

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि राज्यले भूमिका खेल्नुपर्नेमा जोड



बुटवल । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सुरक्षाका लागि तीनै तहका सकारले आवश्यक नीति निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

समुदायमा रहेको मानवीय विभेद हटाउनका लागि राज्यले साथ नदिँदासम्म सम्भव नभएको उल्लेख गर्दै उनीहरुले राज्यका हरेक तहमा यस विषयको पैरवी आवश्यक रहेको उल्लेख गरे । शाहसी कदम नेपालले विहिबार तिलोत्तमामा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार, मूल्य र सरोकारवालाहरुसँगको अन्तरक्रियामा सहभागीहरुले समानताको पक्षमा सचेतना आवश्यक रहेको बताए ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका-१ का वडा अध्यक्ष फर्सुराम गिरीले लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकार रक्षाका लागि तिलोत्तमा नगरपालिका सधै साथमा रहने प्रतिवद्धता गरे । तिलोत्तमालाई लैङ्गिकमैत्री पालिकाको रुपमा स्थापित गर्ने अभियानमा रहेको बताउँदै उनले सबै समुदायको समान सहभागिता र समान पहुँचको पक्षमा रहेको उल्लेख गरे ।

यसैगरी वडा नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले राज्यले सबै नागरिकलाई समान हैसियतले व्यवहार गर्ने बताउँदै सामाजिक रुपमा रहेका विभेद हटाउनका लागि सामाजिक संघ–संस्थाहरुले सचेतना अभियानलाई जोड दिनुपर्ने उल्लेख गरे । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा बोल्ने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले समानता र मानव अधिकार रक्षाका लागि राज्यले सबैभन्दा पहिले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

शाहसी कदम नेपालका अध्यक्ष अहिसना क्षेत्री, कार्यकारी निर्देशक रेशम न्यौपाने तथा फाइनान्स अफिसर सुरेश थापा लगायतले बोल्दै लैङ्गिक अल्पसङ्ख्यकहरुप्रति गरिने व्यवहार परिवर्तन गर्न आवश्यक रहेको बताए । समाजमा समान हैसितले बाच्ने अधिकार सबै नागरिकलाई हुनुपर्ने बताउँदै उनीहरुले त्यसका लागि आज पनि लडाई लडिरहनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  २ : ४७ बजे

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता