३ पुस २०८२, बिहिबार | December 18, 2025

सोल्टी होटल नेपालगन्जको न्यु ईयर ईभमा ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डको प्रस्तुती हुने



नेपालगन्ज । ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डले नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुती दिने भएको छ । नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु एयर इभ–२०८२’ का अवसरमा चर्चित आस्था ब्याण्डका गायक ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डले प्रस्तुती दिने भएको हो ।

चैत्र ३१ गते साँझ हुने कार्यक्रमको लाइन अपमा दाङको ‘संघर्ष ब्यान्ड’,ओपनिङ एक्टमा ‘दी फिरन्ते ब्यान्ड’, मेन एक्टमा ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्यान्ड र अन्त्यतिर ‘डिजे अनोनीमस्’ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउने आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

बेलुका ६ बजेबाट सुरु भएर मध्यरात १२ बजेसम्म चल्ने कार्यक्रममा सहभागि हुनको लागि अर्ली बर्ड सिङगल टिकटको मुल्य १ हजार पाँच सय तथा डोर सेल टिकट मूल्य दुई हजार राखिएको सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका जनरल म्यानेजर राज विक्रम शाहले बताए । टिकट लिएका ग्राहकले एउटा क्यान बियर अथवा एपल साइडर वा रेड बुल वा सफ्ट ड्रिङग्स प्राप्त गर्ने उनले बताए । उनका अनुसार १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश निःशुल्क गरिएको छ ।

काठमाडौं र पोखरा बाहेकका शहरमा पनि ठुला इभेन्ट हुन सक्छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको जनाउँदै शाहले कार्यक्रमबाट नेपालगन्जको पर्यटन क्षेत्रमा ब्राण्डीङ हुने अपेक्षा गरे । ५ सय टिकट बिक्री भइसकेको बताउँदै उनले कार्यक्रममा ७ सय बढी दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको बताए । उनले सबै उमेर समुह र महिला पुरुषलाई पूर्ण मनोरञ्जन दिने फरक बिधाका ३ वटा ब्याण्डको प्रस्तुती राखिएको बताए । शोल्टीमा सबैको पहुँच पुगोस भनेर विगत १ वर्षदेखि समान मूल्यमा सेवा उपलब्ध गराउँदै आएको शाहले बताए । होटलमा नयाँ वर्षमा कोठा बुक गर्ने ग्राहकलाई कार्यक्रमको टिकट अफर राखिएको पनि उनले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ८ : १० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका