२१ माघ २०८२, बुधबार | February 4, 2026

सोल्टी होटल नेपालगन्जको न्यु ईयर ईभमा ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डको प्रस्तुती हुने



नेपालगन्ज । ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डले नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुती दिने भएको छ । नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु एयर इभ–२०८२’ का अवसरमा चर्चित आस्था ब्याण्डका गायक ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्याण्डले प्रस्तुती दिने भएको हो ।

चैत्र ३१ गते साँझ हुने कार्यक्रमको लाइन अपमा दाङको ‘संघर्ष ब्यान्ड’,ओपनिङ एक्टमा ‘दी फिरन्ते ब्यान्ड’, मेन एक्टमा ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्यान्ड र अन्त्यतिर ‘डिजे अनोनीमस्’ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउने आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

बेलुका ६ बजेबाट सुरु भएर मध्यरात १२ बजेसम्म चल्ने कार्यक्रममा सहभागि हुनको लागि अर्ली बर्ड सिङगल टिकटको मुल्य १ हजार पाँच सय तथा डोर सेल टिकट मूल्य दुई हजार राखिएको सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका जनरल म्यानेजर राज विक्रम शाहले बताए । टिकट लिएका ग्राहकले एउटा क्यान बियर अथवा एपल साइडर वा रेड बुल वा सफ्ट ड्रिङग्स प्राप्त गर्ने उनले बताए । उनका अनुसार १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश निःशुल्क गरिएको छ ।

काठमाडौं र पोखरा बाहेकका शहरमा पनि ठुला इभेन्ट हुन सक्छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको जनाउँदै शाहले कार्यक्रमबाट नेपालगन्जको पर्यटन क्षेत्रमा ब्राण्डीङ हुने अपेक्षा गरे । ५ सय टिकट बिक्री भइसकेको बताउँदै उनले कार्यक्रममा ७ सय बढी दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको बताए । उनले सबै उमेर समुह र महिला पुरुषलाई पूर्ण मनोरञ्जन दिने फरक बिधाका ३ वटा ब्याण्डको प्रस्तुती राखिएको बताए । शोल्टीमा सबैको पहुँच पुगोस भनेर विगत १ वर्षदेखि समान मूल्यमा सेवा उपलब्ध गराउँदै आएको शाहले बताए । होटलमा नयाँ वर्षमा कोठा बुक गर्ने ग्राहकलाई कार्यक्रमको टिकट अफर राखिएको पनि उनले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ८ : १० बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१