९ बैशाख २०८३, बुधबार | April 22, 2026

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु



अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान–१० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताए ।

घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६ धातिबाङमा १७ घर गोठका छाना उडाएको छ ।

वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए ।

सन्धिखर्क नगरपालिका–१० धरमपानीका कमल जिसीको कुखुराको खोर गएरातिको हुरीले भत्काई पूर्णरूपमा क्षति भएको छ । खोर भत्किएपछि करिब एक सय ५० वटा ब्वायलर कुखरा च्यापिएर मरेका छन् ।

हुरीसँगै परेको वर्षाका कारण शीतगङ्गा नगरपालिका–१२ देउराली बस्ने भीमबहादुर चित्रेको टिनले छाएको दुईतले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छानो उडाउनाका साथै घरको गारो पनि भत्किएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ९ : ०४ बजे

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा