२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी



काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक हार बेहोरेको छ ।

चेन्नई आफ्नो घरेलु मैदान चेपौक स्टेडियममा वर्तमान च्याम्पियन कोलकाता नाइट राइडर्ससँग ८ विकेटले लज्जास्पद हार बेहोरेको हो । यस खेलमा धोनी सहित चेन्नईको सम्पूर्ण ब्याटिङ युनिटले यो सिजनको सबैभन्दा खराब प्रदर्शन गर्दै १०३ रन मात्र बनाउन सकेको थियो । केकेआरले यो लक्ष्य १० ओभरमा पूरा गर्दै तेस्रो जित दर्ता गर्‍यो ।

चेन्नई फ्यानहरू आशावादी थिए कि शुक्रबार अप्रिल ११  बाट उनीहरूको टोलीले केही नयाँ परिवर्तन गर्नेछ र यो टिम अब विजयीको बाटोमा फर्कनेछ । यसको को कारण थियो कमाण्ड फिर्ता धोनीको हातमा आएको थियो, जसले विगत १७ वर्षमा धेरै पटक टोलीका लागि यस्तो जादु देखाएका थिए । तर यस्तो देखिन्छ कि ४३ वर्षको उमेरमा अब धोनीसँग टोलीको अवस्था बदल्ने जादू बाँकी नै छैन ।

यस सिजनको सुरुवातदेखि नै चेन्नईको ब्याटिङ लगातार संघर्षरत देखिएको थियो, जसमा टोलीले रन पछ्याउँदा निकै समस्याको सामना गर्नुपरेको थियो । यसपटक चेन्नईले पहिले ब्याटिङ गर्ने मौका पाएको थियो तर कथा परिवर्तन भएन र पूरा टोलीले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।

चेन्नईको अवस्था झनै नाजुक थियो र ९ विकेट ७९ रनमा मात्रै खसेको थियो तर अन्तमा शिवम दुबेले केही ठूला शट लिएर टोलीलाई १०० भन्दा माथि पुर्याएका थिए । उनी बाहेक विजय शंकरले २९ रन बनाए । यद्यपि, यो चेपौकमा चेन्नईको सबैभन्दा सानो स्कोर साबित भयो ।

तर, कोलकाताका स्पिन ट्रायोले ९ मध्ये ६ विकेट लिए, जसमा सुनिल नारायणले ३, वरुण चक्रवर्तीले २ र मोइन अलीले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ५८ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय