१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका



गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान वाटीका यतिबेला धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकसित हुँदै जान थालेको छ ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुराउने उद्देश्यले हनुमान जयन्तीको अवशरमा गुल्मीको पवित्र धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रमा हनुुमान जयन्तीलाई विशेष रुपमा मनाईएको छ । हिन्दु धर्मालम्बीहरुको पवित्र दिनको अवसरमा श्रद्धालुहरुद्वारा रिडी क्षेत्र स्याङ्जाको हनुमान वाटीकामा शनिबार दिनभर श्री हनुमानको विषेश पुजा अर्चना गरिएको थियो ।

हनुुमान जयन्तीेको अवसरमा गुल्मीको रुरुक्षेत्र अन्तरगत रिडी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुबाट सयौं भक्तजनहरुको सहभागिता रहेको थियो । श्री हनुमानको जन्मदिनको अवसरमा विश्वभर रहेका हिन्दुजनहरुले हनुमान जयन्तीको अवसरमा विशेष पुजा अर्चना गरेमा मनमा उर्जा र शान्ती प्राप्तहुने किंवदन्ती रहेको छ ।

रिडी क्षेत्रमा रहेको हनुमान वाटीका निर्माणका लागि स्थानीय युवा समाजसेवी शुन्दर कसजुको समन्वयमा गत वर्ष सामाजिक सञ्जाल मार्फत २६ लाख रुपैयाँ सङ्कलन गरी बाटीका निर्माण गरिएको थियो ।

समाजिक सञ्जालबाट सङ्कलीत रकमबाट निर्माण गरिएको हनुमान वाटीका यतिबेला रिडी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा परिचित गराएको छ । रुरुक्षेत्रको दर्शन र हनुमान बाटीकाको भ्रमणका लागि आजभोली रिडीमा दिनहुँ सयौं पर्यटकहरुको आवागमन हुने गर्दछ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ०६ बजे

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका