१३ भदौ २०८३, शनिबार | August 29, 2026

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा



इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न कन्याम आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत सहभागी छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ०६ बजे

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ