२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

आईपीएल : दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो ब्रेक



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल माथि मुम्बई इन्डियन्सले १२ रनको जित निकालेको छ । २०६ रनको लक्ष्य पछ्याएको दिल्ली १ ओभर बाँकी रहँदा सबै विकेट गुमाउँदै १९३ रनमा समेटिएको हो ।

मुम्बईले १९ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएपछि दिल्ली पराजित भएको हो । दिल्लीले लगातार तीन बलमा रन आउटको रूपमा तीन ब्याट्सम्यान गुमाएको थियो । १९ औँ ओभरको चौथो बलमा दोस्रो रन लिने प्रयासमा आशुतोष शर्मा आउट भए भने लगत्तैको बलमा कुल दीप यादव पनि सोही शैलीमा रन आउट भए । ओभरका अन्तिम बलमा मोहित शर्मा रन आउट भए ।

मुम्बईलाई जित दिलाउने क्रममा स्पिनर करण शर्माले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । दिल्लीका करुण नाइरले ८९ रन जोडे पनि अन्य ब्याट्सम्यान प्रभावकारी हुन सकेनन् ।

मुम्बईका स्टार बलर जसप्रित बुमराह भने असफल रहे । उनले एक विकेट लिए पनि चार ओभरमा ४४ रन खर्चिए । सात वर्षपछि आईपीएलमा पहिलो अर्धशतक प्रहार गरेका करुणले बुमराहको ओभरमा तीन चौका र दुई छक्का प्रहार गरे । बुमराहको ९ बलमा उनले २८ रन बटुले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई ले पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो । मुम्बईको पारीका नमन धीर र तिलक बर्माको पाँचौँ विकेटका लागि भएको ६२ रनको साझेदारी महत्त्वपूर्ण थियो । १५ औँ ओभरको पहिलो बलमा कप्तान हार्दिक पाण्डे आउट भए पछि धीर ब्याटिङ गर्न आएका थिए । उनी अविजित रहँदै १७ बलमा ३८ रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

वर्मा भने ३३ बलमा ५९ रन जोडेर आउट भए । यसअघि प्रारम्भिक ब्याट्सम्यान रेन रिकेल्टनले २५ बलमा ४१ तथा सूर्य कुमार यादवले २८ बलमा ४० रन जोडे । पराजित दिल्ली आठ अङ्कसहित दोस्रो स्थानमा छ भने मुम्बई चार अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ०५ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले