१३ बैशाख २०८२, शनिबार | April 26, 2025

आईपीएल : दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो ब्रेक



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल माथि मुम्बई इन्डियन्सले १२ रनको जित निकालेको छ । २०६ रनको लक्ष्य पछ्याएको दिल्ली १ ओभर बाँकी रहँदा सबै विकेट गुमाउँदै १९३ रनमा समेटिएको हो ।

मुम्बईले १९ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएपछि दिल्ली पराजित भएको हो । दिल्लीले लगातार तीन बलमा रन आउटको रूपमा तीन ब्याट्सम्यान गुमाएको थियो । १९ औँ ओभरको चौथो बलमा दोस्रो रन लिने प्रयासमा आशुतोष शर्मा आउट भए भने लगत्तैको बलमा कुल दीप यादव पनि सोही शैलीमा रन आउट भए । ओभरका अन्तिम बलमा मोहित शर्मा रन आउट भए ।

मुम्बईलाई जित दिलाउने क्रममा स्पिनर करण शर्माले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । दिल्लीका करुण नाइरले ८९ रन जोडे पनि अन्य ब्याट्सम्यान प्रभावकारी हुन सकेनन् ।

मुम्बईका स्टार बलर जसप्रित बुमराह भने असफल रहे । उनले एक विकेट लिए पनि चार ओभरमा ४४ रन खर्चिए । सात वर्षपछि आईपीएलमा पहिलो अर्धशतक प्रहार गरेका करुणले बुमराहको ओभरमा तीन चौका र दुई छक्का प्रहार गरे । बुमराहको ९ बलमा उनले २८ रन बटुले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई ले पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो । मुम्बईको पारीका नमन धीर र तिलक बर्माको पाँचौँ विकेटका लागि भएको ६२ रनको साझेदारी महत्त्वपूर्ण थियो । १५ औँ ओभरको पहिलो बलमा कप्तान हार्दिक पाण्डे आउट भए पछि धीर ब्याटिङ गर्न आएका थिए । उनी अविजित रहँदै १७ बलमा ३८ रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

वर्मा भने ३३ बलमा ५९ रन जोडेर आउट भए । यसअघि प्रारम्भिक ब्याट्सम्यान रेन रिकेल्टनले २५ बलमा ४१ तथा सूर्य कुमार यादवले २८ बलमा ४० रन जोडे । पराजित दिल्ली आठ अङ्कसहित दोस्रो स्थानमा छ भने मुम्बई चार अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ०५ बजे

आईपीएल : चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित

काठमाडौं । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

भैरहवा । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

एपिएफ क्लव बन्यो लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित

माछापुच्छ्रे बैंक र कुवेत स्थित अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास बित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास