१६ असार २०८३, मंगलबार | June 30, 2026

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु



पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-३ ओईरीघाटका स्थानीय ७५ वर्षिय पदम बहादुर ठाडा रहेका छन् ।

गयराती ९ बजेको समयमा रामपुर नगरपालिका-३ ओईरीघाट स्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओईरीघाट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००४ प ८०३९ नम्बरको स्कुटर आफै अनियन्त्रीत भई पल्टिन जाँदा स्कुटर चालक ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्मुटर दुर्घटनाबाट घाइते भएका ठाडालाई उपचारको लागी रामपुर अस्पतालमा पठाईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटना सम्बन्धी थप अनुसन्धान गरिरकेो प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ४३ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग