२४ भदौ २०८३, बुधबार | September 9, 2026

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक



बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक प्रा.लि.ले सोमबारदेखि सेवा सुरु गरेको छ । बुटवल-६ चाँदबारी चोकस्थित नयाँ सञ्चालनमा आएको क्लिनिकले विभिन्न विशेषज्ञ सेवा तथा माइनर अपरेशन लगायतका सेवा उपलब्ध गराउने भएको छ ।

क्लिनिकको शुभारम्भ गर्दै बुटवल-६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले स्वास्थ्य सेवालाई आर्थिक लाभभन्दा बढी मानवीय सेवाको रुपमा लिएर काम गर्न आग्रह गरे । बुटवललाई स्वास्थ्यको हब बनाउनका लागि सरकारसँगै निजी लगानीकर्ताको पनि आवश्यक रहेको उल्लेख गरे । बुटवलको आर्थिक समृद्धिका लागि यस क्षेत्रलाई स्वास्थ्यको हबको रुपमा बिकास गर्नुको विकल्प नभएको उनले उल्लेख गरे ।

क्लिनिकका सञ्चालकद्वय रमेशकुमार श्रेष्ठ र वरिष्ठ कन्सल्ट्यान्ट जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. संजय कुमारले गुणस्तरीय स्वास्थ्य सेवानै आफूहरुको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । १ करोड बढी लगानी गरिी सञ्चालनमा ल्याइएको क्लिनिकमा जनरल सर्जरी तथा युरोलोजी सेवा र जनरज फिजिसियन सेवा उपलब्ध गराइने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

जनरल सर्जरी तथा यूरोलोजी सेवातर्फ गाडागुठी हाइड्रोसिल, हर्निया, पीत्तथैलीको पत्थरी तथा एपेन्डिक्सको दूरविन विधिबाट उपचार, सिस्टोस्कोपी, प्रोस्टेटको उपचार, मृगौला, पिसाब नलि तथा पिसाब थैलीको लेजर प्रविधिबाट उपचार, पीसीएनएल, यूआरएस, आरआईआरएस तथा टीयूआरपी सेवा लगायत रहेका छन् । यसैगरी पाईल्स र फिस्टुलाको लेजर पद्धतीबाट उपचार गरिने सञ्चालक तथा वरिष्ठ कन्सल्ट्यान्ट डा. संजयले जानकारी दिए ।

जनरल फिजिसियनतर्फ नक, कान घाँटी रोग विशेषज्ञबाट उपचार, भिडियो एक्स रे, ईसीजी सेवा, आडजोर्नी तथा नसा सम्बन्धि विशेषज्ञ सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा तथा बच्चाको मुटुको भिडियो एक्स रे लगायतका सेवा उपलब्ध गराइने उनले बताए । क्लिनिकमा १० जना स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलब्ध गराइने उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ३३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको