४ पुस २०८२, शुक्रबार | December 20, 2025

आईपीएल : लखनउ माथि चेन्नाईको रोमाञ्चक जित, धोनीको उत्कृष्ट ब्याटिङ



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङले लखनउ सुपर जेन्ट्समाथि पाँच विकेटको जित निकालेको छ । सोमबार भएको खेलमा १६७ रनको लक्ष्य पछ्याएको चेन्नाईले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १६८ रन जोडेको हो ।

चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङ गरे । चेन्नाईका लागि शिवं दुवेले अविजित रहँदै ३७ बलमान ४३ रन जोडे । यसैगरी धोनीले अविजित रहँदै ११ बलमा २६ रन जोडे । उनी प्लेयर अफ द म्याच बने ।

साइक रसिद र रचिन रविन्द्रले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गरे । रसिदले १९ बलमा २७ तथा रचिनले २२ बलमा ३७ रन जोडेका थिए ।

लखनउका तीन स्पिनरले खेललाई लगभग आफ्नो पक्षमा पारिसकेको अवस्थामा धोनीले उल्ट्याएका हुन् । दिगवेश राठीले चार ओभरमा २३ रन खर्चेर एक तथा रवि विस्नोइले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । पार्ट टाइम बलर आइडन म्याक्रमले चार ओभर नै बलिङ गरेर २५ रन खर्चेर एक विकेट लिए । पावर प्ले सकिँदा प्रति ओभर आठ भन्दा कम रन चाहिएको अवस्थामा बिचको समयमा चन्नई खस्किएको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा १६६ रन जोडेको थियो । यस अघिका खेलमा असफल रहेका ऋषभ पन्त सोमबार फर्ममा फर्कँदै ४९ बलमा ६३ रन जोड्न सफल भए । मिचेल मार्सले ३० तथा आयुस बडानीले १७ रनको योगदान गरे । आईपीएलमा सानदार प्रदर्शन गरी रहेका निकोलास पूरण भने सोमबारको खेलमा आठ रनमा नै आउट भए । अब्दुल समादले रन आउट हुनु अघि ११ बलमा २० रन जोडे ।

चेन्नईका माथिसा पाथिरना र रवीन्द्र जडेजाले समान दुईदुई विकेट लिए । स्टार नुर अहमदले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै चार ओभरमा १३ रन मात्र खर्चिए । यो जित संगै चार अङ्क जोडेको चेन्नई अंक तालिकाको अझै पुछारमा छ । लखनउ भने आठ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको