२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आईपीएल : लखनउ माथि चेन्नाईको रोमाञ्चक जित, धोनीको उत्कृष्ट ब्याटिङ



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङले लखनउ सुपर जेन्ट्समाथि पाँच विकेटको जित निकालेको छ । सोमबार भएको खेलमा १६७ रनको लक्ष्य पछ्याएको चेन्नाईले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १६८ रन जोडेको हो ।

चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङ गरे । चेन्नाईका लागि शिवं दुवेले अविजित रहँदै ३७ बलमान ४३ रन जोडे । यसैगरी धोनीले अविजित रहँदै ११ बलमा २६ रन जोडे । उनी प्लेयर अफ द म्याच बने ।

साइक रसिद र रचिन रविन्द्रले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गरे । रसिदले १९ बलमा २७ तथा रचिनले २२ बलमा ३७ रन जोडेका थिए ।

लखनउका तीन स्पिनरले खेललाई लगभग आफ्नो पक्षमा पारिसकेको अवस्थामा धोनीले उल्ट्याएका हुन् । दिगवेश राठीले चार ओभरमा २३ रन खर्चेर एक तथा रवि विस्नोइले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । पार्ट टाइम बलर आइडन म्याक्रमले चार ओभर नै बलिङ गरेर २५ रन खर्चेर एक विकेट लिए । पावर प्ले सकिँदा प्रति ओभर आठ भन्दा कम रन चाहिएको अवस्थामा बिचको समयमा चन्नई खस्किएको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा १६६ रन जोडेको थियो । यस अघिका खेलमा असफल रहेका ऋषभ पन्त सोमबार फर्ममा फर्कँदै ४९ बलमा ६३ रन जोड्न सफल भए । मिचेल मार्सले ३० तथा आयुस बडानीले १७ रनको योगदान गरे । आईपीएलमा सानदार प्रदर्शन गरी रहेका निकोलास पूरण भने सोमबारको खेलमा आठ रनमा नै आउट भए । अब्दुल समादले रन आउट हुनु अघि ११ बलमा २० रन जोडे ।

चेन्नईका माथिसा पाथिरना र रवीन्द्र जडेजाले समान दुईदुई विकेट लिए । स्टार नुर अहमदले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै चार ओभरमा १३ रन मात्र खर्चिए । यो जित संगै चार अङ्क जोडेको चेन्नई अंक तालिकाको अझै पुछारमा छ । लखनउ भने आठ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : २५ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय