११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

पाकिस्तानी दूतावासले मनायो ८५औं राष्ट्रिय दिवस



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ८५औं राष्ट्रिय दिवस मनाएको छ ।

पाकिस्तानको राष्ट्रिय दिवस मार्च २३ मा भएपनि यसवर्ष मुस्लिमहरुको पवित्र रमादान पर्व परेका कारण दूतावासले अप्रिल १५ मा भव्य कार्यक्रम गरी सो दिवस मनाएको हो ।

सोल्टी होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादव रहेका थिए । सो कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ल तथा पूर्व उपप्रधानमन्त्री श्री सीपी मैनाली लगायतका सहभागी थिए ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले मन्तव्य राख्दै पाकिस्तान दिवसको ऐतिहासिक महत्व—औपनिवेशिक शासनबाट मुक्ति हुँदै स्वतन्त्र गणराज्य निर्माणतर्फको यात्राबारे धारणा राखेका थिए । उनले पाकिस्तानका पूर्वजहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सधैं ऐक्यबद्धता रहेको जनाए ।

कार्यक्रममा ‘ए ग्लान्स एट पाकिस्तान’ शीर्षकमा फोटो प्रदर्शनीमार्फत पाकिस्तानको साँस्कृतिक विविधता समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपालका विभिन्न राजनीतिक, नागरिक तथा व्यावसायिक क्षेत्रका वरिष्ठ नेताहरू, विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, नेपाली सञ्चारकर्मीहरू, पाकिस्तानी समुदायका सदस्यहरू, तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ०३ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक