४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक करोड १५ लाख लिटर दूध प्रशोधन



भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ । गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उनले बताए । “गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ”, उनले भने, “पाउडर र बटर उत्पादनका लागि सङ्कलन हुने दूध पनि घट्छ ।”

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उनले भने, “दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।” पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ ।

जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : १४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ