८ भदौ २०८३, सोमबार | August 24, 2026

रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले आफु विधायिकी काममा व्यस्त हुनुपर्ने भएकोले पार्टीको पदबाट बाहिरिएको जिकिर गरेकी छिन् । उनले पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा लागु हुनुपर्ने जिकिर गर्दै राजीनामा दिएकी हुन् । उनले केही समयअघि नै पार्टीको पदबाट राजीनामा दिएको बताइएको छ । सदनमा रास्वपाको भूमिका जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले आफुले पार्टीको जिम्मेवारीमा भन्दा विधायिकी भूमिकामा सक्रिय हुन चाहेको सुमनाले जिकिर गरेकी छिन् ।

श्रेष्ठलाई २०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : ४० बजे

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति

असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । उद्घाटन भएको करिब एक महिनापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी

बाँकेमा थपिए एचआइभीका नयाँ संक्रमित

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका

कर्णाली मन्त्री छनौटमा नेकपा भित्र विवाद हुँदा शपथ स्थगित

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई