५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवलको कालिकानगरमा रहेको एल डोराडो एवेन्यूको तेस्रो वार्षिकोत्सवको अवसरमा ३ दिने विविध कार्यक्रम मनाउने



बुटवल । बुटवल-११ कालिकानगस्थित एल डोराडो एवेन्यू को स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भने भएको छ । बिहिबार एक विशेष कार्यक्रमको आयोजना गरी स्थापनाको अवसरमा विभिन्न छुट अफर समेत सार्वजनिक गरेको छ ।

रेष्टुरेन्टमा आउने ग्राहकका लागि १५ प्रतिशत छुट अफरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक तथा अध्यक्ष प्रिन्स सुरोजन जंग मल्लले जानकारी गराए । स्थापनाको छोटो समयमै हस्पिटालिटीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गर्दै उनले गुणस्तरीय सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

मुलुक कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा स्थापना गरिएको एल डोराडो एवेन्यूले व्यवसायिक रुपमा सफल भएर स्थापित हुन सकेको बताउँदै उनले गुणस्तरीय सेवा दिन सक्ने हो भने मुलुकभित्रै लगानी गरेर फाइदा लिन सकिने वातावरण भएको दाबी गरे । नेपालमा हस्पिटालिटीको क्षेत्रमा प्रसस्त सम्भावना भएको उल्लेख गर्दै बरु विदेशीको दक्ष जनशक्तिलाई यही रोक्नका लाग स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको अवसरमा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलको कालिकापथ क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसाय बढ्दै गएको बताउँदै अब यस ठाउँलाई रात्रिकालिन बजारको रुपमा बिस्तार गर्नुपर्नेमा जोड दिए । संघले बुटवल उपमहानगरसहित रुपन्देहीका तिलोत्तमा नगरपालिका, सैनामैना तथा देवदह नगरपालिकासँग पनि छलफल गरी कालिकापथलाई रात्रिकालिन बजार बनाउने विषयमा पहल गरेको बताए ।

कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन थापा, टाइगर प्यालेसका एचआर म्यानेजर रोशन खड्का, इएल डोराडोका सल्लाहकार हरि थापा, सञ्चालक तथा निर्देशक उमंग पौडेल लगायतले बोल्दै स्वस्थकर परिकार र गुणस्तीय परिकार प्रदान गर्नुपर्नेमा जोड दिए । रेष्टुरेन्टमा करिब ३ दर्जन कर्मचारीहरुले रोजगार प्राप्त गरेका छन् ।

यस क्षेत्रमै फरक पहिचान दाबी गरिएको रेष्टुरेन्टमा नाती पुस्तादेखि बाजे पुस्तासम्म एउटै टेबलमा बसेर खान मिल्नेगरी पारिवारिक वातावरण रहेको सञ्चालकहरुको दाबी छ । स्थापना दिवसको अवसरमा विहिबार कविता पाचन कार्यक्रम आयोजना गर्नुका साथै शुक्रबार र शनिबार विभिन्न म्युजिक व्याण्डहरुको प्रस्तुती रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ६ : ३६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं