३० बैशाख २०८३, बुधबार | May 13, 2026

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला



नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको छ । नेपालगन्ज रंगशालामा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगन्जको सहकार्यमा गरीएको हो । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल विधामा पहिचान बनाएका प्रशिक्षक पत्रकारहरुले सहजिकरण गरेका थिए ।

कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका बिषयमा एशियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा विविसी संवाददाता निरञ्जन राजवंशी ,खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष एंव खेलाडी डट कमका प्रवन्ध सम्पादक अजय फूयाल ,खेल र प्रविधिका बिषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र खेल फोटो पत्रकारिता र मोवाइल पत्रकारिताका बिषयमा फोटो जर्नालिष्ट क्लवका पुर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३० बढि पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लुम्बिनी कपको प्रचार प्रसारको बिषयमा मिडिया संयोजक निरज गौतमले जानकारी दिएका थिए ।

कार्यक्रममा अन्तरालको आयोजनामा भोली वैशाख ५ गतेबाट हुन लागेको महिला फुटबल खेलको रिपोर्टिङका बिषयमा विभिन्न सवालहरुमाथि पनि चर्चा गरिएको थियो । भोली पहिलो खेल सुदुरपश्चिम र त्रिभुवन आर्मी बिच हुने आयोजक अन्तरालले जनाएको छ । खेलमा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहने छ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : ४८ बजे

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न