२५ श्रावण २०८३, सोमबार | August 10, 2026

दर्ता गर्न नआए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी



काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिन ३ दिन बाँकी रहँदा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबको दुई दिनभित्र दर्ता नभए फेसबुक लगायतका समाजिक सञ्जाल माथि प्रतिबन्ध लागाउने चेतावनी दिएका छन् । ताकिएको म्याद सकिन लाग्दासम्म फेसबुकसहितका केही सामाजिक सञ्जाल दर्ता गर्न नआएपछि मन्त्री गुरुङले प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका हुन् ।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन् ।

सरकारले चैत ७ गते सूचना जारी गर्दै सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्न एक महिनाको समय दिएको थियो। म्याद थपेर फेरि आग्रह गर्दा पनि फेसबुकले प्रतिक्रिया नदिएको मन्त्रालयले जनाएको छ। उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।

त्यस्तै, राजावादी आन्दोलनलाई प्रतिगामी भन्दै गुरुङले हिंसात्मक गतिविधिमा संलग्न जो कोहीलाई कारबाही हुने बताए। उनले प्राविधिक दुरुपयोगले सरकार र जनतालाई कमजोर पार्न खोजिएको भन्दै सबैले सचेत हुनुपर्ने बताए। कार्यक्रममा पत्रकार उषा लोहनी, डा. हरिकल अधिकारी र धनु विश्वकर्मालाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ०४ बजे

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते